२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

अस्थाई पालिका केन्द्र बन्द , धामीगाउँ बाट सेवा सुरु

SansherOnline SansherOnline
सोमबार ०९, जेठ २०७९ ०१:१६
अस्थाई पालिका केन्द्र बन्द , धामीगाउँ बाट सेवा सुरु

बैतडी । डिलाशैनी गाउँपालिकाको अस्थाई पालिका केन्द्र बन्द गर्ने निर्णय भएको छ । ५ बर्ष देखि संचालनमा रहेको अस्थाई केन्द्र सोमबार देखि बन्द गर्ने निर्णय गरेको छ ।

डिलाशैनि गाउपालीकाका नवनिर्बाचित जनप्रतिनिधिले पालिकाका सबै काम डिलाशैनी गाउँपालिकाको वडा नम्बर ७ धामिगाउँबाट गर्ने निर्णय गरेका छन ।

"अब पालिकाका सबैकाम धामिगाउँबाट हुनेछन ; गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशिका अनुसार " पन्शेराको अस्थाई केन्द्र आज बाट बन्द गरिएको छ । अस्थाई केन्द्रको भवन महादेव माध्यमिक बिद्यालयलाई हस्तान्तरण गरेर यो बिधालयलाई नमुना बिधालय बनाउने गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशिले जानकारी दिनु भएको छ ।

यसअघिको सरकारले सम्पर्क कार्यालयका नाममा अनधिकृत रूपमा अपायक ठाउँबाट कार्यालयका कामहरू गर्दै आएको थियो । विद्यालयको नियमित कामकारबाही समेतमा असर पर्ने गरी विद्यालय भवनबाट यसअघि सेवा प्रवाह हुँदै आएको थियो ।

प्रतिक्रिया