२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

सिगासमा स्याउला काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु

SansherOnline SansherOnline
शुक्रबार ०२, चैत २०८० १०:१८
सिगासमा स्याउला काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु

बैतडी : बैतडीको सिगासमा स्याउला काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नं ४ गढतोला शैनीकी ४६ वर्षिया हरुलीदेवी बोहराको बिहिबार स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको खरबारीमा बाख्राका लागि स्याउला काट्ने क्रममा बोहरा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् । बोहराको घरमा श्रीमान र तीन छोरा छन् । श्रीमानले डडेल्धुराको तुफानडाडामा फोटोसम्बन्धीको पसल सञ्चालन गर्दै आएका छन ।

प्रतिक्रिया