२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

डडेल्धुराको परशुरामका हाकिम कार्यपालिका बैठकमै किन कुटिए को हो कुटने ? टाउकोमा लागे ३ टाँका

SansherOnline SansherOnline
बिहिबार ०१, चैत २०८० ०६:०८
डडेल्धुराको परशुरामका हाकिम कार्यपालिका बैठकमै किन कुटिए को हो कुटने ? टाउकोमा लागे ३ टाँका

डडेल्धुरा : जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका सदस्यहरुले कुटपिट गरेको बताइएको छ । कार्यपालिकामा नेकपा माओवादी केन्द्रको बहुमत छ। अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीन वटा टाँका लगाइएको छ ।

स्थानीय पत्रकार पदम जोराका अनुसार बिहीबार बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो । तर, कार्यपालिका सदस्यहरुले बैठकमा बिरोध गर्दै कुर्सी हानाहान गरेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए । आजको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रकासकिय अधिकृत कृष्णदेव जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए ।  

सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए । यस्तै केही समयअघि नगरपालिकाकी उपप्रमुख बिमलाकुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेकी थिइन् । तर, असफल भएपछि अधिकृतिसँग उनले रिसिइवी राखेको बताइएको छ । उपप्रमुख पनि माओवादी केन्द्रबाटै विजयी भएकी हुन् । 

नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मंसिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । 

प्रतिक्रिया