२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

गोकुलेका प्रहरी हवल्दारको बर्दी च्याते र कुटे,शैल्यशिखरका मेयर चढ्ने गाडीका ड्राइभरले

SansherOnline SansherOnline
बुधबार ३०, फागुन २०८० ११:११
गोकुलेका प्रहरी हवल्दारको बर्दी च्याते र कुटे,शैल्यशिखरका मेयर चढ्ने गाडीका ड्राइभरले

दार्चुला : दार्चुलामा ड्राइभरले प्रहरीमाथि हातपात गरेका छ्न । चालक सुरेश सिह विष्टले दार्चुलाको गोकुले ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार मेघराज बिक र प्रहरी जवान नरेन्द्र बोहरा माथी हातपात गरेका हुन । चालक विष्ट शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामी चढ्ने गाडीका चालक हुन् । 

कुटपिटमा परेका प्रहरी हवल्दार बिक र प्रहरी जवान बोहरा दुबैको हात,छाती, र टाउकोमा चोट लागेको छ । कुटपिट गर्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय दार्चुला पठाएको छ । 

लागुऔषधका सेवनकर्ताकालाई चेकजाँच गर्ने क्रममा विष्ट ले किन अरुलाई यसरी चेकजाँच गरेको भनेर प्रहरीमाथी हातपात गर्दै फिल्मीशैलीमा प्रहरीद्वयलाई कुटपिट गरेका हुन । 

प्रतिक्रिया