२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

दुदीलाखान देखि गाजरी जोड्ने सडक खुल्यो, भण्डारी र पालले के भने ?

SansherOnline SansherOnline
मङ्गलबार २९, फागुन २०८० ११:५७
दुदीलाखान देखि गाजरी जोड्ने सडक खुल्यो, भण्डारी र पालले के भने ?

बैतडी : कुर्चीनेटादेखि गर्जे जोड्ने सडक पालिकालेको बजेटबाट अघि बढाउनुपर्ने र धौलाडी हुदै गर्जे जोड्ने सडक प्रदेश सरकारको बजेटबाट अघि बढाइने सहमती भएपछि २० देखि बन्द सडक खुलेको छ । दुदीलाखान देखि गाजरी जोड्ने सडक फागुन ८ गतेदेखि संघर्ष समितिले बन्द गरेको हो । 

सोमबार पाटनमा भएको सर्बपक्षिय छलफलबाट सडक खोल्ने सहमती भएको दुदीलाखान–कुर्चीनेटा–गर्जे सडक संघर्ष समितिका संयोजक पवन चन्दले जानकारी दिए । 

छलफलमा सहभागि नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी र प्रदेशसभा सदस्य सुरेन्द्र पालले दुवै सडक अघि बढाउनुपर्नेमा जोड दिएको संघर्ष समिति संयोजक चन्द बताए । 

पुष २० गते भएको सहमती कार्यान्वयन नगरेको भन्दै फागुन ८ गतेदेखि सडक बन्द गरिएको थियो ।   

प्रतिक्रिया