२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सुदूरपश्चिम प्रदेश प्रमुख देवराजको पद चैट, नजिर सिफारिस

SansherOnline SansherOnline
सोमबार २८, फागुन २०८० ०९:३०
सुदूरपश्चिम प्रदेश प्रमुख देवराजको पद चैट, नजिर सिफारिस

कांग्रेस निकट तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै सरकारले नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका कांग्रेस निकट प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

नयाँ प्रमुखमा मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियाँ सिफारिस भएका छन्।

तत्कालीन शेरबहादुर देउवा सरकारले मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाएको थियो। उनीहरु तीन जना कांग्रेस निकट हुन्।

प्रतिक्रिया