२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

१० पटकसम्म स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित नरसिंह व्यञ्जनकारको निधन

SansherOnline SansherOnline
सोमबार २८, फागुन २०८० १०:४५
१० पटकसम्म स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित नरसिंह व्यञ्जनकारको निधन

काठमाण्डौ : ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । हिजो नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको हो ।

व्यञ्जनकार लगातार दश पटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित हुनुभएको थियो । गएको स्थानीय चुनावमा भने उहाँ नेपाली कांग्रेसबाट उम्मेदवार उठेका भतिज रविनमान व्यञ्जनकारसँग पराजित हुनुभएको थियो । व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालदेखि शुरू भएको थियो ।

त्यतिबेला उहाँले कांग्रेसबाट उठेका आफ्नै भाइ कर्मलाललाई हराउनुभएको थियो । उहाँले स्वतन्त्र उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जित्नुभएको थियो ।

प्रतिक्रिया