२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

बैतडीको कुल्लीकोट दरबार संरक्षणको पर्खाइमा अस्तित्व गुमाउदै

SansherOnline SansherOnline
सोमबार २८, फागुन २०८० ०९:३२
बैतडीको कुल्लीकोट दरबार संरक्षणको पर्खाइमा अस्तित्व गुमाउदै

बैतडी : कुनै बेला सामाजिक न्याय-अन्याय छुट्याउने थलोका रूपमा रहेको बैतडीको कुल्लेककोट दरबार संरक्षण नहुँदा यहाँ रहेका ऐतिहासिक शिलालेख र मूर्तिहरू डाँडामा अलपत्र परेका छन् । कोट भत्केर ढुङ्गा छरपस्ट भएका छन् भने नजिकै रहेको कुवा पुरिन थालेको छ।

दशरथचन्द नगरपालिका–४, देवलहाट नजिकैको अग्लो डाँडामा रहेको कुल्लेककोट दरबार बाह्रौँ शताब्दीअघि निर्माण भएको अभिलेख भेटिन्छन्। 

दशरथचन्द नगरपालिका–४, कुल्लेककोटबाट दक्षिणतिर ग्वाल्लेक धुरा (अग्लो डाँडा)मा धज्या ढुङ्गा रहेको छ। तत्कालीन समयमा गाउँमा आक्रमण गर्न कटक पसे सो धज्या ढुङ्गाबाट कुल्लेककोट दरबारमा स्थानीय भाषामा ‘धदिउन्या’ (चर्को स्वर निकालेर जानकारी गराउने) चलन रहेको स्थानीयवासीले बताएका छन्। 

ग्वाल्लेक क्षेत्रमा अहिले पनि धज्या ढुङ्गालाई अन्यायका बेला बोल्ने ढुङ्गाका रूपमा पूजा हुने गरेको स्थानीय हरिदत्त जोशीले बताउनुभयो । 

ग्वाल्लेकको धज्या ढुङ्गा र कुल्लेककोट दरबारबीच ऐतिहासिक सम्बन्ध रहेका थुप्रै तथ्य र प्रमाण भएकाले ऐतिहासिक वस्तु शिलालेख, पुरातात्त्विक मूर्तिको संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।  

कुल्लेककोटमा रहेका ऐतिहासिक वस्तुको संरक्षण हुन नसके मूर्तिहरू चोरी हुन सक्ने खतरा रहेको स्थानीय धार्मिक युवा क्लबका अध्यक्ष उद्धव मार्कण्डले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले स्थानीय  रेखदेख गर्दै आएका छन्। ऐतिहासिक वस्तुको संरक्षण राज्यले नै गर्नुपर्छ।”

प्रतिक्रिया