२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

एमाले बैतडीको जिल्ला अधिवेशन आज पाटनमा , आईतबारबाटै सहमति खोज्ने प्रयासमा नेताहरु

SansherOnline SansherOnline
सोमबार २८, फागुन २०८० ०८:५७
एमाले बैतडीको जिल्ला अधिवेशन आज पाटनमा , आईतबारबाटै सहमति खोज्ने प्रयासमा नेताहरु

बैतडी : नेकपा एमाले बैतडीको नवौँ जिल्ला अधिवेशन पाटनमा आज सुरु हुदै छ । जिल्ला नेतृत्व चयनका लागि हुन गइरहेको अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन् । 

१ सय २६ जना आयोजक, ४ सय ४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका नेकपा एमाले बैतडीले जनाएको छ । 

अधिवेशनकै लागि नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमालेका केन्द्रिय सदस्य एवं नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी बैतडीको पाटन पुगिसका छन् । 

नेतृत्वका लागि ६ जनाले इच्छा प्रकट गरेका छन् । नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी र हजारी साउँद, हर्क धानुकले आकांक्षा देखाएका छन् । 

पाटनको एक होटलमा आकांक्षीहरुसंग एक- एक गरेर छलफल वार्ता भइरहेको स्रोतले बताएको छ । नरेन्द्र बिष्ट र नरेश कुमार विकको नाममा सहमती खोज्ने प्रयासमा नेताहरु रहेको बुझीएको छ ।

प्रतिक्रिया