२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

सिगासकी निवर्तमान उपाध्यक्ष युवा नेतृ द्रोपती चन्द काँग्रेसको प्रदेश सदस्यमा मनोनीत

SansherOnline SansherOnline
शुक्रबार २५, फागुन २०८० ०२:५२
सिगासकी निवर्तमान उपाध्यक्ष युवा नेतृ द्रोपती चन्द काँग्रेसको प्रदेश सदस्यमा मनोनीत

बैतडी : बैतडीको सिगास गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष एवं नेपाली कांग्रेसकी युवा नेतृ द्रोपती चन्द नेपाली काँग्रेसको प्रदेश सदस्यमा मनोनीत हुनु भएको छ। काँग्रेसका प्रदेश सभापति बिर बहादुर बलायरले चन्दलाई प्रदेश सदस्यमा मनोनीत गर्नुभएको हो।

नेपाली काँग्रेसको बिधान २०१७ (संशोधित २०७५) बमोजीम चन्दलाई आमन्त्रित सदस्यमा मनोनीत गरिएको हो। 

पार्टीले दिएको जिम्मेवारी निष्ठापूवर्क पालना गर्ने चन्दले बताइन् । पार्टीमा महिलाको सहभागिता बढाउन आफूले भूमिका खेल्ने उनले बताइन् । 

प्रतिक्रिया