२०८१ बैशाख १९ गते बुधबार
ट्रेन्डिङ

कांग्रेससँगको सत्ता गठबन्धन टुटेर एमालेसँग नयाँ बन्यो

SansherOnline SansherOnline
सोमबार २१, फागुन २०८० १२:०३
कांग्रेससँगको सत्ता गठबन्धन टुटेर एमालेसँग नयाँ बन्यो

काठमाडौं : सत्ता गठबन्धन भत्किएको छ । नेपाली कांग्रेस नेकपा एससहितको गठबन्धन भत्किएको हो ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आज नै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् ।

नेताहरूका अनुसार आइतबार राति भएको दलहरूको छलफलमा कांग्रेससँगको गठबन्धन नरहने प्रधानमन्त्री प्रचण्डले नै सङ्केत गरेपछि एमाले र माओवादी नयाँ समीकरणको गृहकार्यमा बिहानैबाट जुटेका छन् । सोही अनुसार आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्न एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच छलफल हुँदैछ ।

प्रतिक्रिया