२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

प्रदेश सरकारले पत्रकारको क्षेत्रसँग समन्वय गर्न कन्जुस्याइँ नगर्ने : मन्त्री शाही

SansherOnline SansherOnline
शुक्रबार ०४, फागुन २०८० ०७:४५
प्रदेश सरकारले पत्रकारको क्षेत्रसँग समन्वय गर्न कन्जुस्याइँ नगर्ने : मन्त्री शाही

धनगढी : सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेश सरकारले पत्रकार क्षेत्रसँग समन्वय गर्न कन्जुस्याइँ नगर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि धनगढीमा सुरु भएको ‘रेडियोहरूको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण कार्यक्रम’मा उनले सो कुरा बताएका हुन्।

मन्त्री शाहीले समाज र देश परिवर्तनमा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताए। बजेट निर्माण गर्नुअघि र बजेट कार्यान्वयनमा पत्रकारहरू सल्लाह सुझाव महत्त्वपूर्ण हुने उनको भनाइ थियो। समाचार लेख्ने कुरामा पत्रकारहरू अल्छि गर्न नहुने बताए। उनले सत्यतथ्य बुझेर समाचार लेख्न र त्यसले पार्ने प्रभावका बारेमा पनि पत्रकारहरूले बुझ्नुपर्ने बताए। मन्त्री शाहीले अभिमुखीकरण यहाँका रेडियोको गुणस्तर विकासमा सहयोग पुग्ने धारणा राखे।

पत्रकार महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष योगेश रावलको अध्यक्षतामा अभिमुखीकरणको उद्घाटन गरिएको थियो। अभिमुखीकरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका रेडियोका स्टेसन म्यानेजरहरूको प्रतिनिधित्व रहेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा भएको अभिमुखीकरण शनिबारसम्म चल्नेछ।

प्रतिक्रिया