२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बैतडीमा रुखले च्यापिएर एक बिद्यार्थीको मृत्यु

SansherOnline SansherOnline
शुक्रबार ०४, फागुन २०८० ०१:३५
बैतडीमा रुखले च्यापिएर एक बिद्यार्थीको मृत्यु

बैतडी : बैतडीमा रुखले च्यापिएर एक बिद्यार्थीको मृत्यु भएको छ । मुत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका- ५ अडतोला बस्ने तर्क पाण्डेयका १९ बार्षिय छोरा प्रकाश पाण्डेयको रहेको छन् ।

सिद्देश्वर मावि पाटन-१ मेल्चोरामा कक्षा १० मा अध्ययरत पाण्डेयलाई आफैले काट्दै गरेको रुखले च्यापिएको उनको आफ्तले बताए । शुक्रबार बिहान रुखले च्यापिएर घाईते उनलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रले मृत्य घोषणा गरेको इन्चार्ज प्रेमसागर भट्टले बताए । उनको टाउकोमा चोट लागेको छ ।

मृतकको शव पाटन  प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।

 

प्रतिक्रिया