२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बैतडीको पुर्चौडिमा भौनेली भूमिराज मन्दिरको निर्माण कार्य अन्तिम चरणम

SansherOnline SansherOnline
बिहिबार ०३, फागुन २०८० ०८:३१
बैतडीको पुर्चौडिमा भौनेली भूमिराज मन्दिरको निर्माण कार्य अन्तिम चरणम

डीआर भट्ट-बैतडी : बैतडीको पुर्चौडि मा रहेको गाडा भौनेली भूमिराज मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक करोड भन्दा बढी लगानिमा निर्माण सम्पन्न भैरहेको उक्त मन्दिर प्यागोडा शैली मा निर्माण गरियको छ भने ताम्रपत्रले छाइएको हो ।

पुर्चौडि नगर पालिका वडा नंबर ५ गाडा भौनेली मा अवस्थित उक्त मन्दिर पुर्चौडि नगर पालिका वडा नंबर ४ र १ को सिमाना बागागाड र कुवाकोटगाडको बिचमा रहेको छ । बागागाड र कुवाकोटगाड मन्दिर को मुनि बाट मिलेर त्रिवेणी धाम को मुख्य सहायक नदीको रुपमा बग्दछन । प्राकृतिक सुंदरता को काखमा सजिएको गाडाभौनेली धार्मिक, पर्यटकिय र स्थानीय सास्कृतिक मुल्य मान्यता को धरोहरको रुपमा रहेको छ ।

२०७४ साल देखि निर्माण कार्य सुरु गरिएको यो मन्दिर मा पुर्चौडि नगर पालिका बाट २५ लाख, प्रदेश सरकार बाट १५ लाख र जन सहयोग (चन्दा संकलन) बाट ४० लाख भन्दा बढी आर्थिक सहयोग उपलब्ध भएको गाडाभौनेली भूमिराज मन्दिर धार्मिक सेवा समितिका सचिव वासुदेव पन्तले बताए ।

यस्तै स्थानीयहरुले उक्त मन्दिर भित्र भौतिक संरचना निर्माण का लागि लाखौको श्रमदान समेत गरेको पन्तले बताए । बाह्रै महिनाको सक्रांतिमा पुजाआजा गरिने उक्त मन्दिरमा बैसाख सक्रांतिमा बिशु जात्रा धुमधाम संग मनाइने र दशै जात्रा नवरात्रि भरि ९ दिन पुजाआजा गरि भव्य रुपमा मनाइने स्थानीय नबिन पन्तले बताए ।

मन्दिर क्षेत्र भित्र स्नान गृह, भोजन गृह, प्रवेश द्वार, घेरपर्खाल लगाएतका केहि संरचना निर्माण गर्न बाकी रहेकोले देश विदेशमा छरियर रहेका आस्थावान व्यक्तिहरु बाट सहयोग को अपिल गर्छौ र विश्वस्त पनि छौ , गाडाभौनेली भूमिराज मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष हरिशंकर पन्तले भने । बैतडीकै नमुना तिर्थधामको रुपमा विकसित गर्ने लक्ष्य रहेको पन्तले बताए । 

प्रतिक्रिया