२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बैतडीको बयलचौरमा अस्थायी प्रहरी पोष्ट स्थापना

SansherOnline SansherOnline
बुधबार ०२, फागुन २०८० ०४:०६
बैतडीको बयलचौरमा अस्थायी प्रहरी पोष्ट स्थापना

बैतडी : बैतडीको पाटन नगरपालिका–१ स्थित बयलचौरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आज एक कार्यक्रमकाबीच अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । 

वडा नं १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाको सभाध्यक्षमा सम्पन्न अस्थायी प्रहरी पोष्ट स्थापना कार्यक्रमका प्रमखु अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल रहेका थिए । 
विशिष्ट अतिथिमा उपप्रमुख कमल सिंह बोहरा, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, जिल्ला प्रहरी

कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक दिपक गिरी, सशस्त्र प्रहरी बल ५१ नं गुल्मका प्रमुख कृष्ण सिंह पुजारा, नेपाली सेनाको हनुमानध्वज गुल्म गढी ब्यारेकका  सेनानी लोकमणी अधिकारी, भुमि आयोग बैतडीका अध्यक्ष धर्म सिंह ऐर कपिल, इलाका प्रहरी कार्यालय पाटनका प्रमुख सरोजकुमार ठकुराठी, राष्ट्रि अनुसन्धानका प्रतिनिधि गोपाल भट्ट, लगायत जनप्रतिनिधि, स्थानीय सरोकारवाला प्रतिनिधि, राजनितिक दलका प्मुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

प्रहरी पोष्ट स्थापनको खुसीमा स्थानीयहरुले छलिया नाचको साथमा पाहुनालाई स्वागत गर्दै खुशी साटासाट गरेका थिए । उक्त प्रहरी पोष्टले वडा नं १ र ७ को सान्ती सुरक्षाका लागि काम गर्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीमा २४ वटा प्रहरी चौकी रहेका छन् भने अस्थायी प्रहरी पोष्ट ६ वटा रहेका छन् । 

प्रतिक्रिया