२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

दोगडाकेदारले स्वर्ण पदक विजेता खेलाडीलाई दश हजार दिने पुर्चाैडीले नगरपालिकामा सम्मान

SansherOnline SansherOnline
मङ्गलबार ०१, फागुन २०८० ०८:२६
दोगडाकेदारले स्वर्ण पदक विजेता खेलाडीलाई दश हजार दिने पुर्चाैडीले नगरपालिकामा सम्मान

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जित्ने खेलाडीलाई १० हजारका दरले उपलब्ध गराउने भएको छ । दोगडाकेदारले रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै तृतिय स्थान हासिल गरेको छ । दोगडाकेदार गाउपालिकाले ६ श्वर्ण, ३ रजत र ५ कास्य प्राप्त गरेको थियो । 

रनिङ शिल्डमा सहभागिता जनाउन जाने क्रममा नै स्वर्ण पदक विजेता खेलाडीलाई १० हजार रुपैया उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । 

थप रजत र कास्य पदक खेलाडीहरुलाई पनि सान्त्वना पुरस्कार उपलब्ध गराउनेबारे निर्णय गरिने गाउँपालिका अध्यक्ष कार्कीले जानकारी दिए ।

यता पनि पुर्चाैडी नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाएका खेलाडीहरुलाई सम्मान गरेको छ । रनिङ शिल्डमा द्धितिय स्थान हासिल गरेको पुर्चाैडीले आफ्ना सबै खेलाडीहरुलाई पालिकाको केन्द्र हाटमा  अबिरसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

नगर प्रमुख दीपक बहादुर बम, उपप्रमुख मिना धानुक, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार कुवँर, शिक्षा साखा प्रमुख लगायतका प्रमुख एवं प्रतिनिधि, खेलकुद प्रतिनिधिहरुको उपस्थिति थियो ।  पुर्चौडीले ६ श्वर्ण, ३ रजत र ६ कास्य प्राप्त गरेको छ । 

प्रतिक्रिया