२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बैतडी:१४ औं जिल्लास्तरीय रनिङ शिल्डको उपाधी मेलौलीले जित्यो, दोस्रो पुर्चौडी, तेस्रो दोगडाकेदार

SansherOnline SansherOnline
सोमबार २९, माघ २०८० ०६:०५
बैतडी:१४ औं जिल्लास्तरीय रनिङ शिल्डको उपाधी मेलौलीले जित्यो, दोस्रो पुर्चौडी, तेस्रो दोगडाकेदार

बैतडी : बैतडीको मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्डको उपाधी मेलौलीले उचालेको छ । मेलौलीको भगवती मन्दिर प्राङ्गणमा माघ २६ गतेदेखी सुरु भएको रनिङ शिल्डको उपाधी मेलौलीले उचालेको हो । शिल्ड कब्जा गरेको मेलौली नगरपालिकाले १४ श्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गरेको छ । गत वर्ष पनि मेलौली उक्त प्रतियोगिताको उपाधी जितेको थियो ।

दितिय स्थान हासिल गरेको पुर्चौडीले ६ श्वर्ण, ३ रजत र ६ कास्य प्राप्त गरेको छ । तृतीय स्थान हासिल गरेको दोगडाकेदार गाउपालिकाले ६ श्वर्ण, ३ रजत र ५ कास्य प्राप्त गरेको छ पाटन नगरपालिकाले ५ श्वर्ण ९ रजत र १ कास्य प्राप्त गरेको छ ।

सिगास गाउँपालिकाले ५ श्वर्ण १ रजत १ कास्य प्राप्त गरेको छ । शिवनाथ गाउँपालिकाले २ श्वर्ण, २ रजत र २ कास्य प्राप्त गरेको छ । दनपाले श्वर्ण २, १३रजत र १२ कास्य प्राप्त गरेको छ ।

डिलासैनी गाउँपालिकाले १ श्वर्ण, ५ रजत र ८ कास्य प्राप्त गरेको छ । सुर्नया गाउँपालिकाले १ श्वर्ण र ४ कास्य प्राप्त गरेको छ । पन्चेश्वर गाउँपालिका पदक बिहिन बनेको छ ।

 

प्रतिक्रिया