२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको खोड्पेमा सन्देशसहितको सडक गेट राखियो

SansherOnline SansherOnline
शनिबार २७, माघ २०८० ०६:४३
बैतडीको खोड्पेमा सन्देशसहितको सडक गेट राखियो

बैतडी : बैतडीको खोड्पेमा सन्देश सहितको सडक गेट राखिएको छ । अधिवक्ता गणेश सिंह बिष्टको आर्थिक सहयोगमा फोर्स नेपालले पाटन नगरपालिका- ८ खोड्पेमा सन्देश सहितको सडक गेट निर्माण गरेको हो । अधिवक्ता विष्टले स्वर्गिय बुवा गंगा सिंह बिष्टको स्मृतिमा सडक गेट निर्माणका लागि ६० हजार आर्थिक सहयोग गरेका थिए । बाँकी १२ हजार ६ सय ५ रुपया संस्थाले व्यहोरेको संस्थाका कोषाध्यक्ष भरत बहादुर चन्दले बताए ।

फलामबाट निर्मित सडक गेटको शनिवार उद्धघाटन समेत गरिएको फोर्स नेपालका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले रिवन काटेर गेटको उद्घाटन गरेका हुन् । खोड्पे बजारमा राखिएको उक्त सडक गेटमा बजार क्षेत्र नजिक पर्ने सार्वजनिक स्थानहरुका बारेमा जानकारी उल्लेख गरिएको भाटले बताए ।

सडक गेट निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने अधिवक्ता विष्टलाई सम्मान समेत गरिएको उनले बताए । कार्यक्रममा बोल्दै नगरप्रमुख गौरीसिंह रावलले संस्थाका उद्देश्य राम्रा रहेका र सामुदायिक विकासका लागि पालिकबाट हुने सहयोग गर्ने समेत बताएका छन् ।

गेटमा उल्लेख भएको जानकारीले सबै नागरिकहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया