२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

चितुवाले सिगासमा एकै किसानका १५ बाख्रा मार्यो, ७ लाख बढीको आर्थिक क्षति

SansherOnline SansherOnline
शुक्रबार २६, माघ २०८० ०८:२५
चितुवाले सिगासमा एकै किसानका १५ बाख्रा मार्यो, ७ लाख बढीको आर्थिक क्षति

बैतडी : बैतडीमा चितुवाले एक किसानले पालेका १५ बाख्रा एकैदिन मारेको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ५ ढुंगाड गजेलीका लालबहादुर धामीले पालेका १५ बाख्रा चितुवाले मारेको हो । 

धामीले सञ्चालन गरेको मिलन बाख्रा फार्ममा बिहीबार राति चितुवा पसेर बाख्रा मारेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।  रातिको समयमा फार्मको झ्यालबाट छिरेर चितुवाले बाख्रा मारेको हो । चितुवाले १२ ओटा बाख्रा मारेर फार्ममै छाडेको र ३ ओटा बाख्रा फार्ममा नभेटिएका उनले बताए । 

चितुवाले बाख्रा फार्म नै खाली हुने गरेर बाख्रा मारेपछि धामीलाई ७ लाख बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया