२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

दृष्टिविहिन भट्टलाई कपडा बैंकको सहयोग

SansherOnline SansherOnline
शुक्रबार २६, माघ २०८० ०४:३१
दृष्टिविहिन भट्टलाई कपडा बैंकको सहयोग

बैतडी : बैतडीको मेलौलीका दृष्टिविहिन मदनराज भट्टलाई कपडा बैंकले न्यानो लुगा सहयोग गरेको छ । मेलौली नगरपालिका –६ लामालेकका दृष्टिविहिन भट्टलाई कपडा बैंकले शुक्रबार कम्बल र न्यानो लुगा सहयोग गरेको हो । भट्टको घरमै पुगेर कपडा बैंकबाट न्यानो लुगा सहयोग गरिएको कपडा बैंक बैतडीका संयोजक महेशदत्त भट्टले बताए । यस्तै दृष्टिविहिन भट्टलाई नगद सहयोग समेत हस्तान्तरण गरिएको गरिएका कपडा बैंकका संयोजक भट्टले बताए ।

बैतडीका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, सशस्त्र प्रहरी बल बैतडीका सशस्त्र प्रहरी नायब उपरिक्षक कृष्णसिंह पुजारा, कोष तथा लेखा नियन्त्रक प्रमुख मदन मगराती र शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख नरेन्द्र अवस्थीले नगद सहयोग हस्तान्तरण गरेका छन् । ६० बर्षीय भट्ट दृष्टि गुमाएको ३० बर्षदेखि एक्लै बस्दै आएका छन् । पत्थरले छाएको घरको छानो चुहिन थालेपछि उनी लामो समयदेखि गोठमै बसीरहेका छन् ।

न्यानो लुगा र नगद सहयोग भएपछि भट्टलाई केही राहत भएको छ । समस्यामा परेका यस्ता नागरिकहरुको व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जानु आवश्यक रहेको कपडा बैंकका संयोजक भट्टले बताए । समाजमा एकसरो लुगा समेत किन्न अवस्था नागरिक भएकाले कपडा बैंकको अवधारणा अघि ल्याएको उनले बताए ।

यही माघ १ गतेदेखि सञ्चालनमा रहेको कपडा बैंकले अहिले सम्म २ सय ५० भन्दा बढी व्यक्तिहरुलाई सहयोग गरिसकेको छ ।

प्रतिक्रिया