२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

पुर्चाैडीको भटना सडक खण्डमा ठाउँ ठाउँमा पहिरो विद्यार्थीलाई सास्ती

SansherOnline SansherOnline
बिहिबार २५, माघ २०८० ११:१०
पुर्चाैडीको भटना सडक खण्डमा ठाउँ ठाउँमा पहिरो विद्यार्थीलाई सास्ती

बैतडी : बैतडीको पुर्चाैडी नगरपालिका भटना सडक खण्डमा सडकको स्तरोन्नति हुन नसक्दा समस्या भएको छ | पुर्चौडी नगर पालिका वडा नंबर ४ को भटना गाउँ देखि वडा कार्यालय सम्म निर्माण गरिएको सडक बर्षातमा ठाउँ ठाउँमा गएको पहिरो सफा नभए पछि साविकका वडा नं ७ र ८ का स्थानीय हरु र मालिका मा वि भटनाका विद्यार्थी हरु लाई समस्या भएको हो । 

बर्षात मा सडक अवरूद्ध भएदेखि सडक संचालन गर्न कुनै पहल नभए पछि स्थानीय र बिद्यार्थीहरु लामो अप्ठ्यारो टुपाको बाटो डुङारा हुदै आउन जान बाध्य भयका मालिका मा.वि.भटनाका शिक्षक गंगा दत्त भट्ट ले जानकारी दिए ।

गत असोजमै सोहि सडक खण्डमा वडा कार्यालयबाट घर आउने क्रममा धामि इजर पहिरोमा खसेर पु न पा ४ सुर्जाङलका मनि नाथ गम्भीर घाइते भएको जनक धामीले बताए । 

प्रतिक्रिया