२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

जिल्ला प्रशासन बैतडीको चरम लापरबाही,एक व्यक्तिको नागरिकतामा दुई गाउँपालिका भए

SansherOnline SansherOnline
बुधबार २४, माघ २०८० ०९:५९
जिल्ला प्रशासन बैतडीको चरम लापरबाही,एक व्यक्तिको नागरिकतामा दुई गाउँपालिका भए

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीको लापरबाहीका कारण एक व्यक्तिको नागरिकतामा दुई गाउँपालिका भएको खुलेको छ । 

बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ की निर्मला कुमारी बोहोराको कर्मचारीले सावधानी नअपाउँदा दुई गाउँपालिका भएको हो । पहिले बनाएको नागरिकता बिग्रिएपछि नागरिकताको प्रतिलिपी बनाउन वडा कार्यालयको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय बैतडी पुगेकी थिइन् । 

पुरानो नागरिकता र वडाको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा पुगेकी उनी सिगास गाउँपालिका वडा नम्बर २ की हुन् । तर, कर्मचारीले उनको नागरिकतामा डिलासैनी गाउँपालिका वडा नम्बर २ भन्ने उल्लेख गरिदिएका छन् । 

जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख प्रशासकीय अधिकृत श‌ंकर बहादुर बोहराले हस्ताक्षर गरेर प्रमाणित गरेका छन् ।

सिगासका मान्छे बैतडीसम्म पुगेर नागरिकता प्रतिलिपी ल्याउनु कष्टकर हुन्छ नै । अब फेरी सच्याउनका लागि वडाको सिफारिसदेखि सारा कुरा लिएर फेरि सोही कार्यालयमा पुग्नुपर्छ,’ एक स्थानियले भने,‘यतिसम्म खर्च कति हुन्छ कसले व्यहोर्छ ।’

प्रतिक्रिया