२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

प्रेस चौतारीको स्थापना दिवस पीडामा परेकाहरुलाई आर्थिक सहयोग गर्दै मनाइयो

SansherOnline SansherOnline
सोमबार २२, माघ २०८० ०९:४४
प्रेस चौतारीको स्थापना दिवस पीडामा परेकाहरुलाई आर्थिक सहयोग गर्दै मनाइयो

बैतडी : पीडामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै बैतडीमा पनि प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस मनाइएको छ ।

१३ बर्ष अघिदेखी जिब्रोको समस्या भोग्दै आएकी डिलाशैनी गाउँपालिका–५की नन्दा भूलको निशुल्क उपचारको व्यवस्था मिलाई २ महिनाका लागि काठ्माण्डौँमा खानबस्न व्यवस्था मिलाएको छ । यसका साथै बैतडीबाट काठ्माण्डौँ पुग्न गाडीभाडा वितरण गरिएको छ । 

१५ बर्षिय किसोरी भूलको जिब्रोमा समस्या आएपछि खानाखान, बोल्न र पठनपाठन गर्न नसक्ने भएकी छन् । उनको परिवारसंग उपचार गराउन खर्च नभएपछि संगठनका अध्यक्ष चन्द्र प्रकाश लोहियाको पहलमा निशुल्क उपचार हुने भएको छ । 

यसैगरी विगत ३० बर्षदेखी ओढारमा बस्दै आएको मेलौली नगरपालिका–३का नरबहादुर चन्दलाई लुगा कपडा तथा सिरक डसनाको व्यवस्था गरिएको छ । संगठनका केन्द्रीय सदस्य लोकेश साउदको पहलमा उनलाई आवश्यक पर्ने लुगा कपडाहरु वितरण गरिएको हो । ६४ बर्षिय चन्द एकल पुरुष भएकाले ढणौन स्थीत ओढारमा बस्दै आएकाछन् ।

स्थापना दिवसकै अवसर पारि प्रेस चौतारी शाखा बैतडीले सिगास गाउँपालिका ३का भुकम्प पीडित रघुबिर सिंह साउदलाई आर्थिक सहयोग गरेको छ । २ महिना अघि भुकम्पले घर भत्काउदाँ उनको खुट्टामा गम्भीर चोट लागेको थियो भने आर्थिक अभावमा उपचार गराउन सकेका थिएनन् ।

यसैगरी चौतारीले कपडा बैंक बैतडीलाई सलहरु वितरण गरेको छ । गरिव व्याक्तिहरुलाई निशुल्क रुपमा लुगा कपडा दिदैँ आएको कपडा बैंकलाई सलहरु वितरण गरिएको प्रेस चौतारी शाखा बैतडीले जनाएको छ ।

स्थापना दिवसको अवसरमा अन्य कार्यक्रम गर्नुभन्दा पत्रकारहरुले रिपोटिङ गर्ने क्रममा भेटिएको पीडामा परेका व्यक्तिहरुको घाउमा मलम लगाउने कोसिस गरेको जिल्ला अध्यक्ष लोहियाले बताउनुभयो । जिल्ला शाखाले यसअघिका बर्षहरुमा पनि गाउँठाउँमा आर्थिक अभावका कारण पीडा भोग्दै आएकालाई सहयोग गरेको केन्द्रीय सदस्य लोकेश साउदले बताउनुभयो ।

प्रतिक्रिया