२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको पाटन जिप दुर्घटना

SansherOnline SansherOnline
सोमबार २२, माघ २०८० ०९:४५
बैतडीको पाटन जिप दुर्घटना

बैतडी : बैतडीमा जिप दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका–३ को धुराभन्ने स्थानमा जिप दुर्घटनामा परी चालकसहित २ जना घाइते भएका हुन् । घाइते हुनेमा चालक समेत रहेका सुर्नया गाउँपालिका–५ का कृष्ण बहादुर बिष्ट र जिपमा सवार पाटन–३ का अन्ताजी ३० वर्षीय धनीराज पन्त रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक, खेमबिक्रम केसीले जानकारी दिए ।

खोडपेबाट बोहोरीगाउँतर्फ गइरहेको सु.प.प्र. ०४००१ च ०१०७ नम्बरको बोलेरो जिप आइतबार आज बिहान करिब ४ बजेको समयमा पाटन–३ को धुरा भन्ने स्थानमा  दुर्घटना परेको हो । उक्त जिपमा चालकसहित दुई जना मात्रै सवार रहेको बताइएको छ । घाइते पन्तको अवस्था गम्भिर रहेको र उनलाई धनगढी रेफर गरिएको छ  । चालक बिष्टको डडेल्धुरामा उपचार भइरहेको छ । 
जिप सडकबाट करिब ७० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घाइतेहरुको आज बिहानै स्थानीयहरुले उद्धार गरेका थिए । 
 

प्रतिक्रिया