२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना, बेलुकीदेखि मौसममा सुधार हुने

SansherOnline SansherOnline
सोमबार २२, माघ २०८० ०८:३५
केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना, बेलुकीदेखि मौसममा सुधार हुने

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बाग्मती प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ ।

पश्चिमी वायु सक्रिय भएसँगै यी क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । पश्चिमको तुलनामा काठमाण्डौसहित मध्य र पूर्वी पहाडी क्षेत्रमा कम पानी परेको छ ।

हल्का पानी परेको ठाउँमा हिउँदेबालीलाई फाइदा भएको छ । आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँहरु तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज बेलुकीदेखि पानी पर्ने क्रम हट्दै जाने महाशाखाले जनाएको छ । भोलि र पर्सि पानी पर्ने सम्भावना नभएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

पश्चिमी वायु सक्रिय भएसँगै तराई मधेसमा हुस्सु, कुहिरो हटेर मौसममा सुधार हुँदै गइरहेको छ । 

प्रतिक्रिया