२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

नेपालमा फेरि पश्चिमी वायु सक्रिय, वर्षा र हिमपातको सम्भावना

SansherOnline SansherOnline
आइतबार २१, माघ २०८० ०९:१८
नेपालमा फेरि पश्चिमी वायु सक्रिय, वर्षा र हिमपातको सम्भावना

देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएको छ । यसअघि यही हप्ता पश्चिमी वायु सक्रिय भए पनि पूर्वानुमान् अनुसार पानी नपरेकोमा फेरि पश्चिमी वायु सक्रिय भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि फाट्टफुट्ट पानी पर्न थालेको छ । दिउँसो गण्डकी भन्दा पश्चिमतर्फको पहाडी क्षेत्रमा बदली भइ सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

यस पटक सक्रिय पश्चिमी वायुले बाग्मती र कोशी प्रदशेका पहाडी क्षेत्रमा पनि सामान्य वर्षा गराउने सम्भावना छ । काठमाण्डौ उपत्यका सहित पूर्वका क्षेत्रमा आज बेलुकीपख वर्षाको सम्भावना छ । ती क्षेत्रमा पनि दिउँसोदेखि नै मौसम बदली हुने छ । 

आज रातिदेखि मौसम सुधार हुन थाल्ने र भोलिदेखि भने मौसम सुधार हुने मौसमविद् लामिछानेले बताउनुभयो । सुदूरपश्चिम क्षेत्रमा भने भोलि पनि बदली र छिटपुट वर्षाको सम्भावना छ । पश्चिमी वायु सक्रिय हुँदा तराई मधेशमा वर्षाको सम्भावना नरहे पनि यसका कारण हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया