२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

बझाङमा ट्रक दुर्घटना

SansherOnline SansherOnline
बिहिबार १८, माघ २०८० ०३:३१
बझाङमा ट्रक दुर्घटना

बझाङ : बझाङमा ट्रक दुर्घटना भएको छ । बाग्थला बिजगडा सडक खण्ड अन्तर्गत बाग्थलाबाट आधा किलोमिटर अगाडी सेतो पहिरोमा ट्रक चिप्लेर दुर्घटनामा परेको बताइएको छ । 

ट्रक चालकले भने हाम फालेर ज्यान जोगाएको स्थानीय विकास मल्लले बताउनुभयो । सडक सतह चिप्लो भएका कारण चिप्लेको ट्रक सडकबाट करिब १०० मिटर तल खसेको उहाँको भनाई छ । 

आज दिउँसो करिब १ बजेतिर इन्धन, सिमेन्ट, सरिया, प्लाइउड, जस्ता लगायतका सामान बोकेर बाग्थलाबाट बुङ्गल तर्फ गइरहेको भे १ ख ३७९३ नम्बर ट्रक सडकबाट चिप्लिदा सामानसँगै ट्रकमा क्षति हुन पुगेको छ । 

प्रतिक्रिया