२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

पूर्वप्रधानमन्त्री केपी ओली चलचित्रमा डेब्यु गर्दै

SansherOnline SansherOnline
सोमबार १५, माघ २०८० ०९:४१
पूर्वप्रधानमन्त्री केपी ओली चलचित्रमा डेब्यु गर्दै

एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित चलचित्र ‘नमेटिने घाउ’ निर्माण गर्न लागिएको छ । निर्माण पक्षले चलचित्र बनाउन लागेको जानकारी गराएको छ ।

चलचित्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहनेछ । ओलीले ‘प्रधानमन्त्री’ को भूमिका निर्वाह गर्ने आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

अभिनेता रमित ढुङ्गानाको निर्देशन रहने चलचित्र ‘नमेटिने घाउ’मा एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने छ । त्यस्तै, सुरवीर पण्डित, सिम्रन खड्कालगायतले पनि अभिनय गर्नेछन् ।

प्रतिक्रिया