२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शुक्रबार २७, पुष २०८० ०९:३७
स्थानीय तहमा आफ्ना कार्यकर्ताहरुलाई कोटेसन बाढ्ने गलत प्रवृत्तीको विकास

बैतडी : गुणस्तरीय काम र प्रतिस्प्रधाको अवधारणा अनुसार कुनै पनि निर्माणको काम कसले कम लागतमा तोकेको गुणस्तर पुरा गर्न सक्छ भनेर निर्माणको ठेक्का आह्वान गर्ने गरिन्छ ।

तर पछिल्लो समय स्थानीय तहहरुले आफ्ना कार्यकर्ताहरुलाई तथा नजिकका निर्माण व्यवसायीहरुलाई पोस्न कोटेसन बाढ्ने गलत प्रवृत्तीको विकास भइरहेको छ । बैतडीका स्थानीय तहहरुले पनि आफ्ना कार्यकता, आसेपासे र नजिकका मानिने निर्माण कम्पनीहरुलाई कमिशनको लोभमा कोटेसन बाढ्न थालेका छन् । पाटन नगरपालिकाका उप प्रमुख कमल बहादुर वोहरा (अपी) ले गत आर्थिक वर्षमा नगरपालिकाले कोटेसन मार्फत काम नगराएको बताउनु भयो ।

बैतडीको पाटन नगरपालिकाले मात्रै गत आर्थिक वर्ष ०७९।८० मा आठ ओटा कोटेशन बाढेको छ । जसमध्ये अधिकासं जनप्रतिनिधि आवद्ध राजनीतिक दल र उनकै नजिकका निर्माण व्यवसायी छन्

यसबारेमा योजना अनुगमन समितिका संयोजक तथा उपप्रमुख कमल बोहराले भने आफुलाई जानकारी नभएको जवाफ दिएका छन् । पाटन नगरपालिकाले अधिकासं काम कोटेसनमार्फत गराएको छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो “अगाडीको जनप्रतिनिधीको कार्यकालमा काम भएको होला, हामीले कोटेसन मार्फत काम गराएनौ ।”

तर बोहराको यो बचावटी जवाफ मात्रै हो किनकी उनी नगर उपप्रमुख तथा योजना अनुगमन समितिका संयोजक हुन् ।

विभिन्न योजनाको अनुगमन गर्दा समाजिक संजालमा फोटा र भिडियो पोष्ट गर्दै निर्माणको काम पारदर्शी गरिरहेको दाबी गरीरहेका उपप्रमुख बोहरालाई नगरपालिकाले वितरण गरेका कोटेसनको बारेमा थाहा हुदैन भन्ने कुरा सामान्य सर्वसाधारणले पनि कसरी पत्याउने ।

गत आर्थिक वर्षमा केही कोटेसनमा अर्को शिर्षकको बजेटलाई कार्यपालिकाबाट रकमान्तरण गरेर समेत काम गराइएको छ । सो कोटेशनबाट भएका कामको नगर उपप्रमुख कमल वहादुर बोहराले आफैले अनुगमन गरि नगरपालिकामा अनुगमन प्रतिवेदन पेस समेत गरेका छन् । तर सोध्ने बेलामा उनी भन्छन् ‘काटेसन मार्फत काम गरेका छैनौ ।’

कोटेसनको भाग पाउने निर्माण व्यवसायी पाटन नगरपालिका बाहीर तथा डडेल्धुराका समेत छन् । यी निर्माणको अनुगमन प्रतिवेदनमा नगर उपप्रमुखको मात्र हस्ताक्षर छ । प्रतिवेदनमा हस्ताक्षर गराउने काम कर्मचारीको भएकोले कसले गर्यो गरेन आफुलाई थाहा नभएको उहाँको भनाई छ । तर अनुगमन भने आफुले गरेको उहाँले बताउनुभयो ।

आफुले कामको गुणस्तर र रकम बराबरको कामको अनुगमन गरेको तर कोटेशन हो या उपभोक्ता मार्फत भन्ने थाहा नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘अगामी दिनमा त्यो कुरा सच्याइने छ ।’ 

योजना निर्माण गरिएको वडाबाट पनि अनुगमन गरि अनुगमन प्रतिवेदन सहितको सिफारिस गर्नुपर्ने भएपनि एक कोटेशनमा मात्र वडाले अनुगमन प्रतिवेदन दिएको बुझिएको छ । कोटेसनमार्फत भन्दा पनि उपभोक्ता समिति वा बोलपत्र अह्वान मार्फत काम गराउँदा योजना पारदर्शी र गुणस्तरीय हुने नागरिक समाजका अगुवाहरु बताउछन् ।

प्रतिक्रिया