२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

सिगासका कर्मचारीको सहयोगमा चम्कियो “शिगास मन्दिर” (फोटोफिचर)

SansherOnline SansherOnline
शनिबार १४, पुष २०८० १०:४७
सिगासका कर्मचारीको सहयोगमा चम्कियो “शिगास मन्दिर”  (फोटोफिचर)

बैतडी : बैतडीको सिगास गाउँपालिका वडा नं. २,४ र ८ को बिच सिमानामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल “शिगास धाम मन्दिर” प्रवेश गर्ने प्रवेशद्वार चम्काइएको छ । सिगास गाउँपालिकाको विभिन्न शाखाहरूमा कार्यरत कर्मचारीहरुले आर्थिक सहयोग संकलन गरी प्रवेशद्वारमा रंग रोगन लगाइएको हो ।

सिगास गाउँपालिकाको कार्यालयमा कार्यरत विभिन्न शाखाहरुका कर्समचारी र वडामा कार्यरत कर्मचारीले आर्थिक हयोग संकलन गरी प्रवेशद्वारमा रंग रोगन लगाइएको पशुपंक्षी विकास शाखा प्रमुख रमेश साउदले बताए ।

करिब १० हजार बराबरको आर्थिक सहयोग संकलन गरी श्रमदानमा शिगास धाम मन्दिर प्रवेश गर्ने प्रवेशद्वार, पूजाआजा गर्ने पूजाघर र धर्मशाला लाइ समेत सरसफाई गर्नुका साथै रंग रोगन लगाइएको उहाँले बताउनुभएको छ ।

सिगास गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल तथा धार्मिक महत्व बोकेको शिगास धाम मन्दिरको प्रचार प्रसारमा सहयोग पुगोस् भन्ने हेतुले प्रवेशद्वारमा सरसफाई एवम् रंग रोगन लगाइएको पनि कृषि तथा पशुपंक्षी विकास शाखा प्रमुख साउदको भनाइ छ ‌।

प्रतिक्रिया