२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते

SansherOnline SansherOnline
बुधबार ११, पुष २०८० १०:०८
बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते

बैतडी : जंगली बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन् । मेलौली नगरपालिका-२ का अन्ताजी ३५ वर्षीय राम बहादुर चन्द बदेलको आक्रमणबाट घाइते भएका हुन् । 

बुधबार साझ ५ बजेको समयमा बदेलको बथानले आक्रमण गरि घाइते बनाएको हो । स्थानीय स्यालढुङ्गा भन्ने गाउँमै बदेलको बथानले चन्दमाथी आक्रमण गरेको स्थानीयले बताएका छन्  । 

उनको खुट्टामा गहिरो घाउ बनाएको छ । शरीरका अन्य भागमा पनि चोट छ । घाइते चन्दलाई पाटन  प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा पठाइएको छ । 

प्रतिक्रिया