२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

घरमा आगलागी हुँदा दार्चुलामा ४ महिने शिशुकाे ज्यान गयाे

SansherOnline SansherOnline
बुधबार ११, पुष २०८० ०९:२६
घरमा आगलागी हुँदा दार्चुलामा ४ महिने शिशुकाे ज्यान गयाे

दार्चुला : घरमा आगलागी हुँदा दार्चुलामा ४ महिने शिशुकाे ज्यान गएकाे छ । नाैगाड गाउँपालिका–३ हाेपरीगाडका रणविर टमटाकाे घरमा आगलागी हुँदा जलेर ४ महिने शिशुकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।

आज बुधवार बेलुकी साढे ७ बजेतिर विद्युत् शर्ट भएर टमटाकाे २ तले घरमा आगलागी भएकाे दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गाेविन्द भण्डारीले जानकारी दिनुभयाे । अहिले आगाे निभाउने प्रयास भइरहेकाे उहाँले बताउनुभयाे ।

आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र भाँडाकुडा जलेका प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया