२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

विद्यालय राजनिति गर्ने थलो होइन : समन्वय प्रमुख धामी

SansherOnline SansherOnline
बुधबार ११, पुष २०८० ०६:४२
विद्यालय राजनिति गर्ने थलो होइन : समन्वय प्रमुख धामी

बैतडी : जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिह धामीले विद्यालय राजनिति गर्ने थलो नभइकन शिक्षा आर्जन गर्ने थलो हुनुपर्ने बताएका छन । पछिल्लो समय अधिकांश विद्यालयका कार्यक्रममा शिक्षा भन्दा राजनितिक कुराले प्राथमिकता पाउने गरेको भन्दै उहाँले यस्तो बताएका हो ।

यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेकोमा सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा, व्यवस्थापक अर्जुन मावि गाँजरी, खेलकुद प्रशिक्षक, रेफ्री, विभिन्न विद्यालयहरुका प्रधानाध्यापक, शिक्षक लगायत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै लाइ धन्यवाद दिनुभएको छ । 

प्रतियोगितामा सहभागीता जनाउने गाउँपालिका भरिका १५ वटै माध्यमिक विद्यालय लगायत खेलकुदमा सहभागी सम्पूर्ण विद्यार्थीलाइ खेलकुद क्षेत्रमा थप प्रगतीको शुभकामना सहित लगत्तै हुने बैतडी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्न हौसला सहित खेलकुद क्षेत्रमा अब्बलताको शुभकामना व्यक्त गरेका थिए ।

समन्वय प्रमुख धामीले दुदिलाखान देखि गाँजरी कुर्चिनेटा हुदै गर्जे सडक खण्ड सुचारु हुनुपर्ने बताएका थिए ‌ । आफूले २०५२ साल देखि नै उक्त सडकको बारेमा बोल्ने गरेको बताउँदै विविध कारणहरूले सडक अगाडी नबढेको उहाँको भनाइ थियो । अबको केही समयपछि दुदिलाखान देखि गाँजरी कुर्चिनेटा हुदै गर्जे सडक खण्ड सुचारु गर्न सिगास गाउँपालिकाका राजनितिक दल, बुद्दिजिबी, समाजसेवी, शुरक्षाकर्मीहरु सहितको टोली बसालेर समन्वय गर्ने पनि बताएका थिए ।

जुनसुकै क्षेत्रको विकासका लागि एकजनाले मात्र सम्भव नहुने बताउँदै उहाँले वडा, गाउँपालिका र राजनितिक दलहरुले पनि विकास निर्माणका कार्यमा हातेमालो गर्नुपर्ने बताए ।

सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहमा सभाधक्ष्य वडा नं. १ का अध्यक्ष रामचन्द्र ऐेरी, प्रमुख अतिथि बैतडी जिल्ला समन्वय समिति प्रमुख खगेन्द्र सिह धामी, सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी, शिक्षा अधिकृत रमेश प्रसाद भट्ट लगायत विभिन्न राजनीतिक दलका प्रमुखहरु, शिक्षाप्रेमी, बुद्दिजिबी लगायतको उपस्थिती रहेको थियो ‌।

शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा अर्जुन माध्यमिक विद्यालय गाँजरीको व्यवस्थापनमा अर्जुन मावि गाँजरीको खेलमैदानमा पौष ७ गते देखि १० गते सम्म सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको थियो । 

प्रतिक्रिया