२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छात्रा भलिबल समापन,अर्जुन मावि गाँजरी प्रथम

SansherOnline SansherOnline
सोमबार ०९, पुष २०८० ०७:५५
सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छात्रा भलिबल समापन,अर्जुन मावि गाँजरी प्रथम

बैतडी : सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा भलिबल प्रतियोगितामा अर्जुन माध्यमिक विद्यालय गाँजरी प्रथम भएको छ । पौष ७ गते देखि जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भूमिराज माध्यमिक विद्यालय थला लाइ हराउँदै प्रथम स्थान हासिल गरेको हो ।

यस्तै छात्रा भलिबल प्रतियोगितामा भूमिराज माध्यमिक विद्यालय काडा द्वितिय भएको छ । यस्तै महादेव माध्यमिक विद्यालय थलाकाँडालाइ हराउँदै बालकृष्ण माध्यमिक विद्यालय न्वाघर तृतीय भएको सिगास गाउँपालिका खेलकुद प्रशिक्षक दिपेन्द्र सिह धामीले जानकारी दिनुभयो । यस्तै छात्र तर्फको भलिबल प्रतियोगितामा भुवनेश्वरी माध्यमिक विद्यालय खैरकोटलाइ हराउँदै भुवन भास्कर माध्यमिक विद्यालय चमडेखर्क तृतीय स्थान हासिल गरेको छ ‌। छात्र तर्फ भोलि फाइलमा प्रथम र द्वितियको लागि अर्जुन माध्यमिक विद्यालय गाँजरी र शारदा माध्यमिक विद्यालय ढुङ्गाड बिच खेल हुने खेलकुद प्रशिक्षक धामीले जानकारी दिए ।

प्रतिक्रिया