२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

कुर्चेनेटा गर्जे सडक अघि बढाउन जिल्ला समन्वय र प्रशासनमा ज्ञापनपत्र

SansherOnline SansherOnline
सोमबार ०९, पुष २०८० ०८:३३
कुर्चेनेटा गर्जे सडक अघि बढाउन जिल्ला समन्वय र प्रशासनमा ज्ञापनपत्र

बैतडी : बैतडीको सिगास गाउँपालिका–२ को कुर्चेनेटादेखि गाउँपालिकाको केन्द्र गर्जेसम्म जोड्ने सडक निर्माण यथासिघ्र अघि बढाउन पहल गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र पेश गरिएको छ । दुदिलाखान–गर्जे सडक संघर्ष समितिले जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामी र प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मालाई ज्ञापन पत्र पेश गरेका हुन् ।

कुर्चिनेटादेखि गर्जेसम्मको सडक अघि नबढ्दा वडा नं १ र २ का नागरिकहरुलाई गाउँपालिकाबाट प्राप्त सेवा सुबिधा लिन निकै समस्या भइरहेको भन्दै यथासीघ्र उक्त सडक अघि बढाउनको लागि आवश्यक पहल गरिदिन संघर्ष समितिका अध्यक्ष पवन चन्दद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ । जंगल र खानेपानीका मुहान मासिने भन्दै वडा नं २ का केही स्थानीयहरुले बिरोध जनाएपछि उक्त सडक कुर्चेनेटादेखि अघि बढ्न सकेको छैन । वड नं २ का धौलाडी सहितका केही टोलका स्थानीयहरुले तल्लोबाटो मात्रै निर्माण गर्नुपर्ने माग राखेकाले उक्त सडक अघि बढ्न नदिएको त्यहाका जनप्रतिनिधिहरुले बताएका छन् ।

जनप्रतिनिधिहरुले धौलाडी र कुर्चीनेटाको दुवै सडकलाई अघि बढाउनुपर्नेमा सहमती जनाउन भनेपनि बिरोध कायमै राखिएको बताइएको छ । तर वडा नं १ का स्थानीयहरुले कुर्चीनेटादेखिको सडक अघि बढाउन नसक्दा दुवै वडाका स्थानीयहरुले निकै सास्ती खप्दै आएको भन्दै सडक निर्माण अघि बढाउन माग गरीरहेका छन् ।

प्रतिक्रिया