२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

देहीमाण्डौँमा दनपाको रनिङ सिल्ड शुरु : तस्बिर हेर्नुहोस (फोटोफिचर)

SansherOnline SansherOnline
बिहिबार ०५, पुष २०८० ०६:४३
देहीमाण्डौँमा दनपाको रनिङ सिल्ड शुरु : तस्बिर हेर्नुहोस (फोटोफिचर)

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । दशरथचन्द नगरपालिका- २ देहिमाण्डौँ खेलमैदानमा आजबाट आयोजना गरिएको रनिङ सिल्ड प्रतियोगिताले यहाँको माहोलनै अहिले खेलमय बनेको छ ।

सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलको प्रमुख आथित्यतामा सुरु भएको प्रतियोगितामा दशरथचन्द नगरपालिकाले फरक ढंकले सुरु गरेको छ । उत्घाटन समारोहमा विद्यार्थीहरुले लोप हुन लागेको सुदूरपश्चिमको मुख्य बाध्य तथा नृत्य (छलीया, दमाहा) प्रदर्शन गरेका थिए ।

यस्तै विद्यार्थीहरुलेनै शान्तीपाठ मन्त्र र सरस्वती बन्दना वाचन सहित कार्यक्रम सुरु गरेका थिए । नगरपालिकाले लोप हुन लागेको संस्कृतिलाई संरक्षण गर्न विद्यार्थीहरुलाई यस्ता पुराना कलाकृतीहरुको समेत ज्ञान दिने किसमको योजना अघि सारेको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले बताउनुभयो । दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी र उपप्रमुख कौसीला चन्द दुबै पुर्व खेलाडीनै हुन् । 

यस्तै कार्यक्रमका प्रमुख अतिथी समेत रहेको पुर्व मुख्यमन्त्री रावल समेत बैतडी क्रिकेट टीमका पहिलो कप्तान हुन् । यसकारण पनि देहीमाण्डौ रानिङसिल्ड प्रतियोगितामा भाग लिने खेलाडीहरुमा छुट्टै आशा र उमङ्ग थियो । 

हेर्नुहोस तस्बीरहरु 












तस्बिर नरी बडु 

प्रतिक्रिया