२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

बैतडीमा जारी बिडिसिए कपकाे उपाधि निङलाशैनीलाई

SansherOnline SansherOnline
बुधबार ०४, पुष २०८० ०७:५५
बैतडीमा जारी बिडिसिए कपकाे उपाधि निङलाशैनीलाई

 बैतडी : बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताकाे उपाधि निङलाशैनी क्रिकेट क्लबले हात पारेकाे छ।
बुधबार सम्पन्न फाइनल खेलमा दशरथचन्द एकेडेमीमाथि १ विकेटकाे संघर्षपूर्ण जित निकाल्दै निङलाशैनीले उपाधि रक्षा गर्याे।

उपाधिसंगै निङलाशैनीले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे। एकेडेमीले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायाे।
एकेडेमीले दिएको २२९ रनकाे लक्ष्य पन्छाएकाे निङलाशैनीले ४६.१ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्याे। जसमा खडक बाेहराले अर्धशतकीय पारी खेले। म्यान अफ द फाइनल बनेका खडकले ८२ रन जाेडे। एकेडेमीका सन्तोष चन्दले ४ विकेट हात पारे।

त्यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेकाे एकेडेमी ४९ ओभरमा २२८ रनमा समेटियो । उसका बसन्त खत्रीले ५८ रनकाे याेगदान गरे। निङलाशैनीका कप्तान रिसिकेश बाेहरा र खडक बाेहराले ३/३ विकेट हात पारे।

यसैबीच प्रतियोगिताभर ५४६ रन र ८ विकेट लिन सफल निङलाशैनीका खडक बाेहरा सर्वाेत्कृट खेलाडी र बेस्ट बलर हुँदै साढे ७ हजार पुरूस्कार हात पारे। प्रतियोगितामा १४ विकेट लिएका एकेडेमीका बसन्त खत्री बेस्ट बलर हुदै २ हजार ५ सय पुरूस्कार पाए।
सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल,नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,दशरथचन्द नगरपालिकाका उपप्रमुख काैशिला चन्दलगायतले पुरूस्कार वितरण गर्नुभयाे।

बैतडी जिल्ला क्रिकेट संघकाे आयाेजनामा गत मंसिर १६ गतेदेखि शुरू भएकाे प्रतियोगितामा १३ टाेली सहभागी रहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले बताउनुभयाे।
प्रधानमन्त्री कप एकदिवसीय छनाैटका रूपमा समेत लिइएको प्रतियाेगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया