२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

माओवादी केन्द्र बैतडीद्वारा जनप्रतिनिधिहरुसंग अन्तरक्रिया सम्पन्न

SansherOnline SansherOnline
मङ्गलबार ०३, पुष २०८० ०९:५२
माओवादी केन्द्र बैतडीद्वारा जनप्रतिनिधिहरुसंग अन्तरक्रिया सम्पन्न

बैतडी : नेकपा माओवादी केन्द्र बैतडीले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरेको छ । जिल्लाको पाटनमा स्थानीय तह र वडामा निर्वाचित जनप्रतिनिधिहरुसंग बैठक  तथा अन्तरक्रिया हाे ।

नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको रुपान्तरण अभियान अन्तर्गत जनप्रतिनिधिहरुसंग छलफल गरिएको गरिएको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए । जनमैत्री सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत धानुक (पुकार),ले बताए ।

छलफलका क्रममा सरकारले गरेका कामहरुको बारेमा नागरिकलाई जानकारी गराउने, निर्वाचित जनप्रतिनिधिहरुले नागरिकका पक्षमा काम गर्ने र सरकारी सेवालाई सर्वसुलभ रुपमा प्राप्त गर्ने वातावरणको निर्माण गर्नुपर्ने लगायतका बिषय उठेका छन् ।

यस्तै स्थानीय तहका जनप्रतिनिधिहरुले पनि जनमुखी भएर काम गर्नुपर्नेमा छलफलमा जोड दिइएको छ । सुशासन कायम गर्नका लागि पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई काम गर्न आग्रह गरिएको संयोजक भण्डारीले बताए ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिकाको प्रमुख तथा पाटन नगरपालिकाको उपप्रमुखमा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए । यस्तै जिल्लाभरीका ८४ वडा मध्ये १२ वडामा माओवादी केन्द्रले जित हात पारेको थियो ।

माओवादीका उम्मेदवारले जितेको ठाउँका कामलाई नागरिकमैत्री बनाउने बिषयमा छलफल भएको संयोजक भण्डारीले बताए ।

जिल्ला संयोजक भण्डारीको अध्यक्षतमा भएको छलफलमा माओवादी केन्द्रका बैतडी इञ्चार्ज रामप्रसाद तिमिल्सना प्रमुख अतिथी रहेका थिए ।

उक्त छलफल तथा बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत धानुक (पुकार), प्रदेश कमिटि सदस्य प्रेमप्रकाश भट्ट (आदित्य) लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया