२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

११ र १२ मा शुल्क असुल्दै बैतडीका सरकारी विद्यालय, चुइक्क बोल्दैनन् शिक्षा शाखा

SansherOnline SansherOnline
सोमबार ०२, पुष २०८० ११:४१
११ र १२ मा शुल्क असुल्दै  बैतडीका सरकारी विद्यालय, चुइक्क बोल्दैनन्  शिक्षा शाखा

बैतडी : सरकारी विद्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेको पाइएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित श्री कुलाउँ माध्यमिक विद्यालयले विद्यार्थीबाट विभिन्न बहानामा शुल्क असुल्ने गरेको पाइएको हो। 

विद्यालयले भर्ना शुल्क, मासिक शुल्क, प्रयोगात्मक शुल्क, परीक्षा आवेदन शुल्क, रजिस्ट्रेशन शुल्कको नाममा विद्यार्थीबाट चर्को शुल्क असुल्ने गरेको पाइएको छ। नेपाल सरकारले सरकारी विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरेपनि बैतडी जिल्लाभरिका प्राय विद्यालयहरुले विभिन्न बहानामा अभिभावकबाट पैसा असुल्ने गरेको पाइएको हो । 

श्री कुलाउँ माध्यमिक विद्यालय लिँदै आएको शुल्कको रसिद ।

सरकारले निःशुल्क गर्ने भनेको तर त्यस अनुसारको जनशक्ति र पूर्वाधारको व्यवस्था नगरिदिएकाले कक्षा संचालन गर्न समस्या हुने गरेको विद्यालयहरुको गुनासो रहेको छ । जिल्लाका दश वटै स्थानियतहको शिक्षा शाखाले यो शुल्कको विषमा चुइक्क बोल्दैनन् । उता स्थानियतहले भने विद्यालयमा शिक्षक व्यवस्थापनको लागि अनुदानको नाममा रकम पठाउने गरेको जनाएको छ । 

माध्यमिक कक्षा सम्म कुनैपनि बहानामा विद्यालयलाई शुल्क नलिने भनी सबै स्थानियतहको शिक्षा शाखामा परिपत्र पहिलेनै गरिसकेको शिक्षा विकास तथा समुन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनु भयो ।

आफ्नो स्थानिय तहभित्र रहेका विद्यालयमा के गरिराखेका छन्भनी समय समयमा स्थानियतहको शिक्षा शाखाले विद्यालयमा अनुगमन नगर्दा र अभिभावक संग कुनै छलफल अन्तरकृया नगर्दा यस्तो समस्या आएको सरोकारवालाहरु बताउछन् ।

 

 

प्रतिक्रिया