२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

कुवेतका राजाको निधनमा आज नेपालले शोक मनाउने

SansherOnline SansherOnline
सोमबार ०२, पुष २०८० १०:४२
कुवेतका राजाको निधनमा आज नेपालले शोक मनाउने

काठमाडौँ:  कुवेतका राजा नवाफ अल अहमद अल जाबेर अल सबाको निधन भएकोमा नेपाल सरकारले पनि शोक मनाउने निर्णय गरेको छ। सरकारले स्वर्गीय अमिरको निधनमा कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति समवेदना व्यक्त गर्दै शोक मनाउने निर्णय गरेको हो ।

उनको सम्मान सरकारले आज (सोमबार) शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अमिर शेखको निधनमा शोक मनाउने निर्णय गरेको जानकारी दिए । उनको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो

प्रतिक्रिया