२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

निर्मला टेरको जन्मदिन मनाउने तरिका फरक,कैदी बन्दीलाई किताब उपहार

SansherOnline SansherOnline
आइतबार ०१, पुष २०८० ०९:३९
निर्मला टेरको  जन्मदिन मनाउने तरिका फरक,कैदी बन्दीलाई किताब उपहार

बैतडी : बैतडीकी निर्मला टेरले आफ्नो जन्मदिनको अवसरमा कैदीबन्दीहरुलाई पुस्तक वितरण गरेकी छिन् । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा कैदीबन्दीहरुलाई केही सहयोग पुगोस भनेर पुस्तक हस्तान्तरण गरेको टेरले बताइन् । 

जीवन काँडाकी फूल, टाइगर हिलकी रानी, मान्छे चिन्ने सुत्र,यस्तो होस जीवनशैली जस्ता १५ ओटा पुस्तकहरु उनले हस्तान्तरण गरेकी हुन् ।

जन्मदिन मनाउने नाउ“मा फजुल खर्च गर्ने संस्कृति बढिरहेका बेला थोरै भएपनि किताब हस्तान्तरण गरेको टेरले बताइन् ।  

स्नातक तहमा अध्ययनर टेरले लामो समयदेखि बालबालिका तथा युवाहरुको हक अधिकारका लागि पैरवी गर्दै आएकी छिन् । उनले बालविवाह न्यूनीकरणको अभियानमा समेत सक्रिय भूमिका खेलीरहेकी छिन् । 

प्रतिक्रिया