२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बझाङका एम्बुलेन्स चालक चरेस सहित धनगढीमा पक्राउ

SansherOnline SansherOnline
सोमबार २५, मङि्सर २०८० ०४:४७
बझाङका एम्बुलेन्स चालक चरेस सहित धनगढीमा पक्राउ

बझाङ : बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउराका एम्बुलेन्स चालक चरेससहित पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–४ पुरानो यातायात कार्यालय नजिकबाट चरेससहित एम्बुलेन्ससहित चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर–३ दाप्रु बस्ने ३७ वर्षीय रामबहादुर खाती सुदूरपश्चिम प्रदेश ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्ससहित पक्राउ परेका हुन् ।

खातीको साथबाट २ किलो ८ सय ग्राम चरेस फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया