२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बिडिसिए कप:सहयोगीहरूको नाम सार्वजनिक,सबैभन्दा बढी ग्वाल्लेक निर्माण सेवाका प्रवन्धक चन्दको

SansherOnline SansherOnline
सोमबार २५, मङि्सर २०८० १०:२०
बिडिसिए कप:सहयोगीहरूको नाम सार्वजनिक,सबैभन्दा बढी ग्वाल्लेक निर्माण सेवाका प्रवन्धक चन्दको

बैतडी : बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा दशरथचन्द क्रिकेट मैदानमा २०औं संस्करणको बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिता जारी रहेको छ।
मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगिता पुस ४ गते सम्पन्न हुनेछ। पहिलोपटक वानडे फरम्याटमा भइरहेको छ। बैतडी जिल्ला क्रिकेट संघले यसपटक देखि बिडिसिए कपलाई थप व्यबस्थित गर्दै लगेको छ।
यसपटक बोर्ड स्कोर,साइड स्क्रिन,प्लेयर बकस,प्लेयरलाई लञ्च,बाउन्ड्री रूफ,मेडिकललगायतको व्यवस्था गरेको छ।

प्रतियोगितालाई व्यवस्थित गर्न सहयोगीहरूको मुख्य साथ रहेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले बताउनुभयो। प्रतियोगिता सञ्चालनमा सबैभन्दा बढी सहयोग ग्वाल्लेक निर्माण सेवा प्रालिका प्रवन्धक सुरेश चन्दले मैदान मर्मतसम्भार गरि खेल्न योग्य बनाउन ५ लाख बराबरको खर्च गर्नुभएको छ।

यस्तै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले केटिएम सिटीबाट म्याच अफिसियललाई ड्रेस,बल,म्याट,बाउन्ड्री रूफलगायतका सामग्री प्रदान गरेर ३ लाख बराबरको सहयोग गर्नुभएको छ। यस्तै दशरथचन्द नगरपालिकाद्वारा १ लाख,सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले ५० हजार,शिवनाथ गाउँपालिकाले ३५ हजार,दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले २५ हजार सहयोग गरेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।

हालसम्म सहयोग गर्ने दाताहरूको नाम यसप्रकार छ।

१ ग्वाल्लेक निर्माण सेवाका प्रवन्धक सुरेश चन्द: ५ लाख ( मैदान मर्मतसम्भार गरिदिएको )
२ नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द: ३ लाख( ( KTM CITY बाट अफिसियल ड्रेस,बाउन्ड्री रूप,म्याट,बललगायतका सामग्री सहयोग )
३ दशरथचन्द नगरपालिका:१ लाख
४ सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट : ५० हजार ( प्रथम पुरूस्कारको लागि)
५ मैनेजर तेजबहादुर चन्द ट्रष्ट :५० हजार
६ शिवनाथ गाउँपालिका: ३५ हजार(द्वितीय पुरूस्कारको लागि)
७ दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द :२५ हजार
८ माया मेट्रो हस्पिटल धनगढीका अध्यक्ष तथा क्यानका केन्द्रीय सदस्य धिरेन्द्र सावद : २५ हजार
९ एम बी ग्रुप डडेल्धुराका प्रबन्धक तथा क्यानका सुदूरपश्चिम अध्यक्ष बासुदेव जोशी : २५ हजार
१० न्यु उग्रतारा निर्माण सेवाका प्रवन्धक तथा क्यानका केन्द्रीय सदस्य विक्रम विष्ट : १५ हजार
११ग्लोबल आईएमई बैंक:१० हजार
१२ कैलाश कन्ट्रक्सन : १० हजार
१३ दशरथचन्द नगरपालिका वडा नम्वर ५: १० हजार
१४ कार्निभल रेष्टुरेन्ट काठमाडौं :१० हजार
१५ बिग बि एण्ड कम्पनी : ७ हजार
१६ राष्ट्रिय वाणिज्य बैंक :५ हजार
१७ उदयदेव सहकारी संस्था: ५ हजार
१८ राज स्वीट हाउस : ५ हजार
१९ आदर्श स्टेसनरी एण्ड सप्लायर्स: ५ हजार
२० हिमानी स्वीट हाउस: ५ हजार
२१ ग्रिन हेवन पब्लिक स्कुल:५ हजार
२२ स्मार्ट अपसेट प्रेस: ५ हजार
२३ दशरथचन्द नगरपालिका वडा नम्बर ४: ५ हजार
२४ दशरथचन्द नगरपालिका वडा नम्बर १०: ५ हजार
२५ दशरथचन्द नगरपालिका वडा नम्बर ११: १० हजार
२६ ।दशरथचन्द नगर खेलकुद अध्यक्ष भुपेन्द्र चन्द : ५ हजार
२७ बैतडी क्रिकेट टोलीका पूर्वकप्तान रविन्द्र चन्द:५ हजार
२८ जय बजरंगबली हार्डवेयर एण्ड सप्लायर्स:३ हजार
२९ रिबुस्ट इनर्जी ड्रिङ्स: खेलाडीहरूको लञ्च प्रायोजन

प्रतिक्रिया