२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

कानूनी सचेतना फैलाउँदै दशरथचन्दले मनायो लैङ्गिक हिंशा विरुद्धको १६ दिने अभियान

SansherOnline SansherOnline
सोमबार २५, मङि्सर २०८० ०५:३३
कानूनी सचेतना फैलाउँदै दशरथचन्दले मनायो लैङ्गिक हिंशा विरुद्धको १६ दिने अभियान

बैतडी : बैतडी जिल्लाको दशरथचन्द नगरपालिकाले आफ्ना सबै वडामा गएर कार्यक्रम गर्दै लैङ्गिक हिशा विरुद्धको १६ दिने अभियान मनाएको छ । आईतबार नगरपालिकाको हलमा एक कार्यक्रम गर्दै लैङ्गिक हिशा विरुद्धको १६ दिने अभियान समापन गरेको हो ।

हिंशा अन्त्यको सुनिस्चितता, महिला र वालवालिकामा लगानीको एक्यवद्धता भन्ने मुल नाराका साथ मंसिर ९ गतेदेखि संचालन गरेको अभियान नगरपालिकाका जम्मै वडामा अभियान संचालन गरिएको थियो ।

अभियानको दौरानमा प्रत्येक वडाका कार्यक्रमा न्यायिक समितिले हेर्ने मुद्दा, न्यायिक समितिमा कस्तो प्रकारको मुद्दा दिने, हिंशा भनेको केहो ? यो कसरी हुन्छ ? हिंशा भएमा के गर्ने, नगरपालिकाले संचालन गरेको ओसिएमसी र सेफ हाउस सम्बन्धी जानकारी दिएको न्यायिक समितिका कानुनी सल्लाहाकार दिपेन्द्र चन्दले जानकारी दिनु भयो ।

लैङ्गिक हिंशा कसरी र काहाँबाट हुन्छ, हिंशा भएमा के गर्नु पर्छ र नगरपालिकाका सबै वडालाई कसरी हिंशा मुक्त गर्न सकिन्छ भन्ने उद्देश्यले प्रत्येक वडामा गएर कार्यक्रम गरिएको नगरपालिका उपप्रमुख एवम न्यायिक समिति संयोजक कैसिला चन्दले बताउनु भयो ।  उनले भने ‘हिंशा महिला वा पूरुष कसैमा पनि हुन सक्छ यसलाई न्युनिकरण गर्नमा सबैले आफ्नो ठाउँबाट लाग्नु पर्छ’ ।

नगरपालिकाले लैङ्गिक हिंशा निवारण कोष खडा गरेर लैङ्गिक हिशामा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ । नगर उपप्रमुख चन्द सहितको टोली प्रत्येक वडामा गएर अभियान सम्पन्न गरेको हो ।

प्रतिक्रिया