२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

भारतमा मोटरसाईकल दुर्घटनामा परी मेलौलीका जनक ४९ वर्षकै उमेरमा अस्ताए

SansherOnline SansherOnline
आइतबार २४, मङि्सर २०८० ०४:२४
भारतमा मोटरसाईकल दुर्घटनामा परी  मेलौलीका जनक ४९ वर्षकै उमेरमा अस्ताए

बैतडी : बैतडीको मेलौली नगरपालिका ८ कोटिगाँउ हल्दोडाका ४९ बर्षीय जनक सिह ठगुन्नाको यहि मंसिर १९ गते मोटरसाईकल दुर्घटनामा परी २० गते मृत्यु हो ।

दुर्घटनामा परी गम्भीर घाईते भएका उनको जयपुर एसएम अस्पतालमा उपचारको क्रममा २० गते मृत्यु भएको आफन्त डम्बर ठगुन्नाले बताए। आफु बस्ने कोठाबाट काम बिशेषले बाहिर जाने क्रममा आफु सवार मोटरसाईकल दुर्घटनामा परेको ठगुन्नाले बताएका छन ।

मृतक ठगुन्ना कार्यरत रहेको होटलको सहयोगमा उनको शब नेपाल ल्याएर अन्तिम संस्कार समेत गरिसकिएको पारिवारीक स्रोतले जनाएको छ। ठगुन्नाको काजक्रिया पश्चात मृत्यु दर्ता प्रमाणपत्र बनाई भारत सरकारलाई आर्थिक सहयोगको अपिल गरिने समेत परिवारले जनाएको छ।

 

प्रतिक्रिया