२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

क्यान्सर पिडित ९ बर्षिया रजनीको उपचारमा आर्थिक संकट,सहयोगका लागि अपिल

SansherOnline SansherOnline
आइतबार २४, मङि्सर २०८० ०५:३८
क्यान्सर पिडित ९ बर्षिया रजनीको उपचारमा आर्थिक संकट,सहयोगका लागि अपिल

 

बैतडी : जिल्लाको सिगास गाउँपालिका घर भएकी ९ बर्षिया रजनीको उपचारमा आर्थिक समस्या सृजना भएको छ । उनी हुन रजनी भुल-बैतडी जिल्लाको सिगास ०२ गाँजरी खुदाईनगर घर भई हाल भारत को चेन्नेइमा छोेरीको उपचार गराई रहेका बिजय कुमार भुलकी छोरी रजनी भुल बिगत एक महिना देखि ब्लड क्यान्सर संग लडिरहेकी छिन् ।

यो ०९ बर्षको कलिलो उमेरमै ब्लड क्यान्सरको सिकार हुनबाट बच्न पिडित रजनी हरपल क्यान्सर संग लडिरहेकी छिन् । बिगत एक महिना देखि उनको उपचारकै क्रममा भारतमा आफु संग भएको पाँच लाख जति पैसा सबै सकिएको उनका बुबा बिजय भुलले बताएका छन।

डाक्टरको सल्लाह अनरुप छोरीको उपचार लामो समयसम्म चल्ने भएकाले आफू संग भएको पैसा सबै सकिदा उपचारमा आर्थिक समस्या देखा परेकाले छोरीको ज्यान बचाउन आफुले सक्ने आर्थिक सहयोग गरि रजनीको उपचारमा सहयोग गरिदिन सबै सहयोगीमा अनुरोध गरेका छन् ।

धन कमाउन परिवार सहित प्रदेशिएका बिजयको छोरी लाई क्यान्सरले सताएको छ|भाग्यले नै ठगेका गरिब लाई प्रगति गर्न भगवानले भनौकि भाग्यले साथ नदिदा बिजय लाई छोरी बचाउन हम्मेहम्मे परिरहेको छ|अहिले उनको उपचारका लागि आर्थिक सहयोग अभियान चलिरहेको छ|आफुले सक्ने जति आर्थिक सहयोग गरेर रजनीको ज्यान बचाईदिनहुन सम्पूर्ण सहयोगी मनका धनीहरुमा उनका बुवा बिजय

भुलले हार्दिक अनुरोध गर्नु भएको छ ।  •सहयोग गर्न: 🔘नेपालका लागि- बैंक खाता नं.-0826604003221015 (ध्रुब किरण भुल/Dhurba Kiran Bhul) कृषि बिकास बैंक लिमिटेड साखा गाँजरी,बैतडी| फोन पे-9865884297 🔘भारतका लागि- Account No-244401000003370 (बिजय भुल/Vijaya Bhul) Paytam No-9003112632 Contact No-9003112632

 

प्रतिक्रिया