२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

घरको सपना बोकेर भारत गएका गाँजरीका हिमालको अल्पायुमै निधन

SansherOnline SansherOnline
शनिबार २३, मङि्सर २०८० ०७:२७
घरको सपना बोकेर भारत गएका गाँजरीका हिमालको अल्पायुमै निधन

बैतडी : रोजगारीको शिलशिलामा भारत गएका बैतडीको सिगास गाउँपालिका २ गाँजरीका हिमाल धामी (हरिश) को मृत्यु भएको छ । केही समय अघि मात्रै भारत गएका हिमालको अन्दाजी २६/२७ वर्षको उमेरमा किड्नी फेल भएको कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

आमा, श्रीमती, छोरी र भाइको सपना बोकेर रोजगारीका लागि भारत गएका हिमालको अल्पायुमै निधन भएपछि परिवार शोकमग्न हुनुका साथै रुवावासी चलेको छ ।

केही वर्षअघि मात्र जण्डिसकाे उपचार गराउँदै गर्दा हिमालका बुबाको निधन भएको थियो । बुबाको उपचारमा परेकाे ८ लाख ऋण तिर्नका लागि कमाउन भनी भारत गएका हिमालको एक्कासी पेट दुखेपछि अस्पताल जचाउँदा दुबै किड्नी फेल भएपछि घर ल्याउने क्रममा गोदावरीमा मृत्यु भएको पारिवारिक स्रोतको भनाइलाई उधृत गर्दै समाजसेवी सूर्यबहादुर बोहराले जानकारी दिनुभएको छ ।

हिमालको अल्पायुमै भएको निधनले सम्पूर्ण गाउँ शोकाकुल भएको छ ।  मृतक हिमालकी श्रीमती र दुई छोरी रहेका छन ।

प्रतिक्रिया