२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

संरक्षणको पर्खाइमा सिगास  ९ कुडिपातल गाउँको ताल

SansherOnline SansherOnline
शनिबार २३, मङि्सर २०८० ०७:११
संरक्षणको पर्खाइमा सिगास  ९ कुडिपातल गाउँको ताल

गौरव चन्द - बैतडी : कुडिपातल गाउँ भन्नेबित्तिकै जो केहीले पनि तालको रूपले चिन्ने गर्दछन्। तर त्यही ताल सिगास  गाउँपालिकाको सबैभन्दा ठुलो प्राकृतिक तालको रूपमा छ। उक्त ताल संरक्षण र प्रचार प्रसारको अभावले ओझेलमा परेको छ। 

सिगास  गाउँपालिका ९ को कुडिपातल गाउँमा  रहेको कुडिपातल गाउँको तालका नामले निचिएको उक्त ठाउँ संरक्षणको अभावले ओझेलमा परेको त्यहाँ स्थानीयहरूको भनाई छ बाजपानी बजारदेखि करिब ७ कि.मी दुरीमा रहेको प्राकृती ताललाई स्थानीयहरूले केही संरक्षण गरे पनि राज्यले नहेरेको स्थानीयहरूले बताए। यो ताल प्राकृतिक ताल हो , यो तालमा पानी आउने ठाउँ छैन। 

यो सबैभन्दा उचाइमा अवस्थित ताल हो ताल निकै मनमोहक छ । चारैतिर डाँडाले घेरिएको बीचमा ताल छ । अहिले तालको संरक्षणका लागि कसैको पनि ध्यान नपुग्दा ताल पुरिँदै गएको छ । उक्त तालमा अहिले त्यहाँ भएको बोटविरुवा तालमा खस्दै गएका छन् । तालको दायाँबायाँ माटो खसेर ताल पुरिँदै गएको छ ।

इतिहास र प्राकृतिक सौन्दर्यताले भरिभराउ ताल संरक्षणका लागि तीनै तहका सरकार बेखबर छन् । तालको खासै प्रचारप्रसार भने हुन सकेको छैन । यदि तालको प्रचारप्रसार भएको भए त्यहाँ पर्यटकको घुइँचो लाग्ने गर्दथ्यो । पर्यटक आउन थाले त्यहाँका स्थानीयवासीको व्यापार व्यवसाय प्रवद्र्धन हुने थियो ।

 

प्रतिक्रिया