२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

अब बैतडी प्रहरीमा क्यूआर कोड बाटै उजुरी दिन मिल्ने

SansherOnline SansherOnline
बिहिबार २१, मङि्सर २०८० ०६:४४
अब बैतडी प्रहरीमा क्यूआर कोड बाटै उजुरी दिन मिल्ने

गौरव चन्द - बैतडी : बैतडी प्रहरीमा क्युआर कोडमार्फत उजुरी दिन सक्ने गरी क्यूआर कोड सार्वजनिक गरेको छ । सेवा प्रवाहलाई छिटो, ब्यवस्थित , जवाफदेहिता, पारदर्शिता र जिम्मेवारी बोध गराई नागरिक सु-सम्बन्ध एवम् सुशासन राख्ने प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले ‘क्यूआरको व्यवस्था गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक गिरीले उक्त क्युआर कोडको उद्घाटन गरेर सेवा आरम्भ गरेका हुन् । 

नागरिकलाई सुरक्षाप्रतिको विश्वास बढाउन, नागरिकसँग नजिक हुन, नागरिकलाई सहज सेवा प्रदान गर्न र नागरिकलाई सेवा लिन जाँदा दुःख नहोस भनेर यो सेवा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । 

क्युआर कोड सञ्चालनमा आएसँगै अब  बैतडीवासीले प्रहरीमा उजुरी दिनुपरे क्युआरबाटै दिनसक्ने भएका छन् । उजुरीकर्ताको गोपनियता कायम राखेर कानूनी कारवाही प्रक्रिया अघि बढाउने प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । 



 

प्रतिक्रिया