२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बैतडीको डिलाशैनी गाउँपालिकामा एक जना युवक मृत फेला

SansherOnline SansherOnline
मङ्गलबार १९, मङि्सर २०८० ०३:४५
बैतडीको डिलाशैनी गाउँपालिकामा  एक जना युवक मृत फेला

बैतडी : बैतडीमा एक जना युवक मृत फेला परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ३ तल्लाछेपट्टाका ३० वर्षिय श्रीकान्त बोहरा मंगलबार मृत फेला परेका हुन् ।

दिउंसो १ बजेतिर आफ्नै घरको कोठामा झुण्डीरहेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता खेम बिक्रम केसीले जानकारी दिए । घटनाको कारण खुल्न सकेको छैन् ।

प्रहरीले घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता केसीले बताए ।

प्रतिक्रिया